• भदौ २७, २०८२
  • जुनकिरी खबर

धरानको भाटभटेनी लुट्न पसेका चार जनाको शव भेटियो

alt

धरानको भाटभटेनी लुट्न पसेका चार जनाको शव फेला परेको छ । बिहान  एक जनाको शव फेला परेकोमा अहिले थप ३ जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।  धरानको भाटभटेनी  भित्र ४ जनाको पुरै जलिसकेको अवस्थामा मानव कङ्काल भेटिएको प्रहरीले जनाएको छ।   बिहान  दोस्रो तलमा एक जनाको शव फेला परेको र भर्खरै तेस्रो तलामा थप ३ जनाको कङ्कालहरू भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।

उनले भने, ‘शरीर जलेर पुरै कङ्काल भएर हड्डीको अवशेषहरू मात्रै भेटिएको छ।’  जेनजी आन्दोलनको क्रममा २४ गते साँझ भाटभटेनीमा उच्छृङ्खल समूहले आगजनी गरेको थियो । आगजनी हुनु भन्दा पहिला लुटपाट तथा चोरी गर्न छिरेका व्यक्तिहरू मृत्यु भएको उनले दाबी गरे । धरानको भाटभटेनीमा लागेको आगो दुई दिन पछि हिजो साँझ मात्रै नियन्त्रणमा आएको थियो । 

आगो नियन्त्रणमा आएपछि त्यहाँको अवस्था बुझ्न भित्र जाने क्रममा शवहरू फेला परेको प्रहरीले जनाएको छ। लुटपाट गर्न जाने मध्ये एक जनाले हाम्फालेर ज्यान बचाएका थिए भने एक जनाको जल्दा जल्दै उद्धार भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]