जेनजी आन्दोलनका कारण प्रहरी चौकीहरू विस्थापित भएको मौकामा लागु औषध गाँजाको तस्करी गर्ने क्रम बढेको छ । यस क्रममा सशस्त्र प्रहरी बलको टोलीले गयराती सुनसरीको इटहरीबाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
इटहरी ५ स्थित स्यार्सेकाली पेटोलपम्म अगाडी पार्किङ गरेर राखिएको २ वटा टकबाट ५ हजार केजी गाँजा बरामद गरेको छ । नियमित गस्तीका क्रममा रहेको सशस्त्र प्रहरीको टोलीले पार्किङ गरेर राखिएको २ वटा टकमा शङ्का लागि चेकजाँच गर्दा १ सय ५८ वटा बोरामा प्याक गरिएको ५ हजार केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय पकलीका वरिष्ठ प्रहरी उपरीक्षक सुधीर जङ्ग थापाले जानकारी दिए ।
थापाका अनुसार ना ४ ख २९०१ नम्बरको ठुलो टकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको मिनी टकबाट ३४ बोरा गाँजा बरामद भएको हो ।
टक सहित गाँजा बरामद गरिए पनि चालक भने पक्राउ पर्न नसकेको बताइएको छ ।