• असोज १३, २०८२
  • जुनकिरी खबर

इटहरीका प्रमुख र लेखापाल मन्त्रालय तानिए

alt

अनियमिततामा मुछिएको आरोप लागेपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसिएको छ । सरकारले कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतको जिम्मेवारी खोस्दै मन्त्रालय तानेको हो ।
 
सेवाग्राहीसँग घुस माग्ने, अनावश्यक दुख र हैरानी दिने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मन्त्रालयमा तानेको हो । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्व समेत हिनामिना भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाण सहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयमा उजुरी परेको थियो ।
 
मन्त्रालयले सो कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । इटहरीको पकलीमा रहेको सो कार्यालयबाट अन्तरप्रदेस भई सञ्चालन हुने सार्वजनिक सवारी साधनको बाटो इजाजत पत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँच पास गर्ने, प्रदूषण परीक्षण लगायतका काम हुँदै आएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]