• असोज १३, २०८२
  • जुनकिरी खबर

झुम्का कारागारबाट भागेका कैदीमध्ये ७६६ जना अझै फरार

alt

सुनसरीको झुम्का कारागारबाट भदौ २३ गते राति भागेका १ हजार ५ सय ७५ जना कैदी बन्दी मध्ये ७ सय ६६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए ।
 
दिनभर शान्त रहेको कारागार राती एकाएक तनावग्रस्त बनेको थियो । आन्दोलनका कारण उक्त दिन दिउसो देशभरका कारागारबाट कैदी बन्दी भागेको थाहा पाएपछि झुम्का कारागारका कैदी पनि आन्दोलनकारीको सहयोगमा फरार भएका थिए । कारागार प्रशासनका अनुसार उक्त दिन सुरुमा राती साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० को हाराहारी कैदी भागेका थिए ।
 
प्रहरी प्रशासन विस्थापित भैसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले पछि १ हजार ५ सय ७५ जना भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो । अहिले कारागारमा १ हजार १० जना मात्र कैदी बन्दी रहेको कारागारका सूचना अधिकारी राम निरौलाले जानकारी दिए ।
 
उनका अनुसार फरार भएका ७ सय ६६ कैदी अझै सम्पर्क बाहिर रहेकोले आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरिएको छ । प्रहरी प्रशासनले पनि खोजी अभियान चलाएको जनाएको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक  छन् । दुवै ब्लकमा १ हजार सात सय ९९ जना कैदी रहेका थिए । ती मध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]