• असोज २१, २०८२
  • जुनकिरी खबर

इलाका प्रहरी कार्यालय इटहरी रङ्गशालामा सर्ने

alt

प्रहरी चौकी तरहरामा सरेको इलाका प्रहरी कार्यालय इटहरीको अस्थायी कार्यालय इटहरी रगंशालामा हप्ता दिन भित्र तयार हुने भएको छ । रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इटहरी उपमहानगरले अस्थायी रूपमा इटहरी प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद बिकास वोर्डसँग सहजीकरण गरेपछि अहिले इलाका प्रहरीको कार्यालय धमाधम बनाउने कार्य भइरहेको छ । रगंशालाको तीनवटा संरचनालाई हाल प्रहरी कार्यालय सञ्चालनको लागि उपलब्ध गराइएको छ । 

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कार्यालय तत्काल पुनर्निर्माण गरेर सञ्चालन गर्न नसकिने अवस्थाका बिच इटहरी उपमहानगरको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम धमाधम भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमाल बताउँछन् ।

यता उपमहानगरले बनाएको प्रहरी प्रशासन पुनर्स्थापना सहयोग समितिका संयोजक एवम् इटहरी वडा नं. ९ का अध्यक्ष जितेन थापाले करिब १० लाख रुपैयाँको अनुमानित खर्चमा इलाका प्रहरीको भवन बनाउने काम भइरहेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]