• असोज २८, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशमा लागुऔषध कारोबार बढ्ने चिन्ता

alt

जेनजी आन्दोलन पछि प्रहरीको मनोबल कमजोर बनेको अवस्थामा लागुऔषधका कारोबार बढ्न सक्ने भन्दै रिकभरीङ नेपालले चिन्ता व्यक्त गरेको छ । जेनजी आन्दोलनका क्रममा धेरै ठाउँमा प्रहरी कार्यालय जलेको तथा प्रहरीको मनोबल कमजोर बनेको मौका छोपेर लागुऔषध कारोबारीहरु सक्रिय हुने र प्रयोगकर्ताहरु पनि बढ्ने उच्च जोखिम रहेको भन्दै रिकभरीङ नेपाल कोशी प्रदेशले चिन्ता व्यक्त गरेको हो ।

मंगलबार सुनसरीको इटहरीमा रिकभरीङ नेपाल कोशी समितिको तेस्रो साधारण सभा तथा प्रादेशिक कन्सल्टेसन अफ पियुुडी कार्यक्रममा बोल्ने वक्ताहरुको यस्तो चिन्ता व्यक्त गरेका हुन । 

संक्रमणपूर्ण यो समयमा लागुऔषधको कारोबार बढ्ने र त्यसले प्रयोगकर्ताहरुलाई पनि बढाउँने हुँदा व्यवस्थापन गर्न समस्या हुने वक्ताहरुको भनाई थियो । यस्तो समयमा सबै सरोकारवालाहरुलाई सचेत हुन उनीहरुले आग्रह पनि गरेका छन् । अहिलेको अवस्थामा व्यवस्थापन गर्न समस्या भएको उनीहरुको भनाई थियो ।  

जेनजी आन्दोलनमा पनि लागुऔषध प्रयोगकर्ता तथा पूर्वप्रयोगकर्ताहरुलाई उक्साएर प्रयोग गरिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । 

केही व्यक्तिहरुले प्रलोभन वा उक्साएर प्रयोग गरेको हुन सक्ने रिकभरीङ नेपाल कोशी समितिका उपाध्यक्ष सञ्जिव चापागाईले जानकारी दिए । प्रहरीले यसतर्फ पनि अनुसन्धान गरिरहेको उनले बताए । 

यस तर्फ सचेत रहेर प्रहरीसँग सहकार्यमा काम गरिरहेको रिकभरीङ नेपाल कोशी समितिका अध्यक्ष चन्द्र बरालले जानकारी दिए । निर्दोष व्यक्तीहरु पनि फस्न सक्ने जोखिम हुने हुँदा प्रहरीसँग मिलेर काम गरिरहेको उनले बताए ।  

यता कार्यक्रममा बौल्दै रिकभरीङ नेपाल केन्द्रिय समितिका उपाध्यक्ष दिपक चापागाईले लागुऔषध दुव्र्यसन न्यूनिकरणमा तीन तहका सरकारहरुले सहयोग नगरेको बताए । नजिक रहेको प्रदेश र स्थानिय सरकारले पनि सहयोग नगरेको उनले गुनासो गरे । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]