• मंसिर १, २०८२
  • जुनकिरी खबर

आन्तरिक मामिला मन्त्री भण्डारीको घर भाडा विवाद के हो ?

alt

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले आफ्नै घरमा बसेर आवास सुविधा लिएको विवाद सतहमा आएको छ । सामाजिक सञ्जालमा मन्त्रीले घरैमा बसेर भाडा लिएको भन्ने विवाद आएपछि प्रदेशका मन्त्री देखी प्रदेश संरचनाकै विषयमा टीकाटिप्पणी सुरु भएको हो । 
 
मन्त्रीले घर भाडा बापत मासिक २९ हजार बुझेको र आफ्नै घरमा बस्दै आएको समाचार बाहिर आएपछि चर्चा चुलिएको हो । पत्रकारले माग गरेको सूचनामा उल्लेख गरिएको विवरण अनुसार मन्त्रीले आवास सुविधा बापत मासिक २९ हजार लिएको देखिन्छ । 
 
भण्डारी सुनसरीको इटहरी स्थित आफ्नै घरमा बस्दै आएका छन् । २०८१ मङ्सिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घर भाडाबापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेका छन् । आवास सुविधाबापत २५ हजार, सञ्चार सुविधा २ हजार र बिजुली–पानीबापत २ हजार गरी मासिक २९ हजार रुपैयाँ लिएका हुन् । त्यस बाहेक भण्डारीले मासिक ५२ हजार तलब बुझ्ने गरेका छन् । 
 
भण्डारीले बाहिर आएका समाचारको खण्डन गर्दै सत्य तथ्य सूचना सार्वजनिक गर्न अपिल गरेका छन् । मन्त्रीलाई आवासको सुविधा सरकारले उपलब्ध गराउने र त्यसमा आवास उपलब्ध नभए २९ हजार दिने गरेको उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ को उपदफा ३ मा उल्लेख भए अनुसार नै सेवा सुविधा लिएको भण्डारीको दाबी छ । 
 
भाडा लिएको विवाद सतहमा आएपछि शुक्रवार खण्डन जारी गर्दै उनले सरकारको खर्च जोगाएर आफ्नै घरमा बसेको र घरमा बस्दा पनि कानुनमा उल्लेख भए अनुसार पाउने खर्च मात्र लिएको प्रस्ट पारे । सुरक्षाकर्मी, ड्राइभर र स्वकीय सचिवको लागि बस्ने व्यवस्था आफैले मिलाएको भन्दै उनले अनावश्यक प्रचार नगर्न चेतावनी दिएका छन् । 
मातहतका कार्यालयबाट हुने भ्रष्टाचार र अनियमितता रोक्न अधिकतम प्रयास गरिरहेको बताउँदै भण्डारीले एक दिन सत्य उजागर हुने उल्लेख गरे ।
 
भाडामा बस्दा हुने अतिरिक्त खर्च जोगाउन घरैमा बसेको र घरमा बस्दा सरकारले दिएको न्यूनतम सुविधा स्वाभाविक रूपमा प्राप्त हुने भण्डारीको दाबी छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]