चौदण्डिगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकासकुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेको रहस्य खुलेको छ । उनले २ दिन कैद २७ हजार १ सय ६८ रुपैया जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको देखिएको हो ।
तत्कालिन नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित राउतलाई जिल्ला अदालत उदयपुरले वन मुद्दामा कैद तथा जरीवाना तोकेको थियो । तर उनले अहिलेसम्म अदालतले तोकेको कैद र जरिवान भूक्तान नगरी फरार रहेकोले फरारको सूचीमा राखिएको तहसीलदार कुलबहादुर खत्रीले वताए । राउतले तत्कालीन हडिया गाविसको हरियाली समुदायीक वनको वन पैदावन हानी नोक्सानी पुयाएको भन्दै २०७१ साल असार ४ गते तत्कालिन जिल्ला वन कार्यालयले अदालत मुद्दा दायर गरेको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved