• चैत १४, २०८२
  • जुनकिरी खबर

जनता क्याम्पसमा पाँच करोड खर्चेर छात्रावास बनाइने

alt

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिवार सञ्चालक समिति अध्यक्ष विकास केसीले शिलान्यास गरे । 

झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै शिलान्यास गरेर काम सुरुवात गरिएको हो । क्याम्पसले विद्यार्थीहरूको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्त्वपूर्ण पक्षको रूपमा लिएको अध्यक्ष केसीले बताए ।

 छात्रावासका लागि बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग एक तले भवनमा १४-१४ वटा कोठा निर्माण हुनेछन् । निर्माणका लागि चारुमति कन्स्ट्रक्सन प्रालि वानेश्वर काठमाडौँले ठेक्का पाएर काम थालेको हो । ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पुरा गर्ने सहमति भएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]