• वैशाख ९, २०८३
  • जुनकिरी खबर

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

alt

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङले जितेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय अन्तिम समयमा भयो। खेलको ८७औँ मिनेटमा दोर्जे तामाङले गरेको एकमात्र गोल नै गछियाको जितका लागि निर्णायक बन्यो। रामवाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट हुँदै आएको अवस्थामा दोर्जेले उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाएपछि गछिया उपाधि नजिक पुगेको थियो।

निर्णायक गोलकर्ता दोर्जे तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उपाधिसँगै विजेता गछियाले नगद १० लाख रुपैयाँसहित ट्रफी हात पार्यो भने उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझायो।

व्यक्तिगत विधातर्फ गछियाका सुजन चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १ लाख रुपैयाँ पुरस्कार जिते। प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर र प्रतापसिंह राई उत्कृष्ट मिडफिल्डर घोषित भए। यस्तै गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड र अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। यी सबैले जनही नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]