• वैशाख ९, २०८३
  • जुनकिरी खबर

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

alt

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१६ स्थित पूर्व–पश्चिम सडकखण्डमा सुनसरीको झुम्काबाट कान्छीचोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०९४ नम्बरको नव ज्योति बोर्डिङ स्कुलको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सोही स्थानका अन्दाजी ७१ वर्षीय लेखबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न बस चालक इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय वीरेन्द्र सदा मुसहरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]