• वैशाख ९, २०८३
  • जुनकिरी खबर

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

alt

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रबिन्दु मानी चार किलोमिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ ।

रोग थप फैलिन नदिन सो क्षेत्रमा आवश्यक नियन्त्रणका कार्य अघि बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु (अण्डा र मासु) को ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र तथा अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नियन्त्रण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । गत चैत ११ गते सुनसरीमा बर्डफ्लु पुष्टि भएपछि जिल्लाका विभिन्न स्थानमा प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । सोही दिन इटहरी, दुहबी र गढीलगायतका ठाउँहरूमा आठ वटा बढी कृषि फार्ममा सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]