देशभरका विभिन्न शिक्षण संस्थामा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ ।
आन्दोलनरत विद्यार्थीले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिन माग गरेका छन् । ऐनकै व्यवस्थाबमोजिम ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved