• भदौ १६, २०७६
  • जुनकिरी खबर

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पक्का

alt

लामो समयदेखि चर्चामा रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमण लगभग पक्का भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि नेपाल आउने तय भएको हो । लामो समयदेखि प्रयासपछि सिको नेपाल भ्रमण बल्ल तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि असोज २८ गते ९ घण्टाका लागि काठमाडौं आउने बताइएको छ । २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको क्रममा बेइजिङको एउटा सुरक्षा टोली केही दिनअघि काठमाडौंबाट फर्केको थियो ।

उच्च भ्रमणको क्रममा दुई पक्षीय एजेण्डा र सुरक्षा तयारीका लागि चीनका परराष्ट्रमन्त्री र जन सुरक्षा मन्त्री भदौ २९ गते नेपाल भ्रमणमा आउने तय भएको छ भने गृहमन्त्री रामबहादुर थापा पनि चीन जाने कार्यक्रम छ । तीन महिना अघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]