• भदौ २०, २०७६
  • जुनकिरी खबर

प्रदेशसभा बैठक : सवारी तथा यातायात विधेयकमा सत्तापक्षकै असन्तुष्टि

alt

छलफलक क्रममा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा सांसदहरूले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारले ल्याएको विधेयकमाथि बुधबार सांसदहरूले यस्तो असन्तुष्टि जनाएका हुन् ।

सांसदहरूले अन्य प्रदेशका सवारी प्रवेश गरेको २४ घण्टाभित्र प्रहरीलाई जानकारी गराउनु पर्ने, ३ महिनापछि शुल्क तिर्नुपर्ने र ६ महिनापछि दर्ता गराउनु पर्ने व्यवस्था खारेज गर्न माग गरेका हुन् ।

सत्तापक्षका सांसद लिलम बस्नेतले ‘छोटो दूरीमा रहेको प्रदेशको सीमामा अन्य प्रदेशका सवारी प्रवेश गर्दा २४ घण्टाभित्र प्रहरीलाई जानकारी गराउनु पर्ने व्यवस्था उचित छैन,’ उनले भने, ‘अन्य प्रदेशका सवारी यस प्रदेशमा ३ महिनापछि सञ्चालन गर्न शुल्क तिर्नुपर्ने र ६ महिनापछि दर्ता सरुवा गराउनु पर्ने व्यवस्था समेत व्यावहारिक होइन ।

त्यसैले यो व्यवस्था खारेज गर्नु पर्छ ।’ प्रदेशका सीमामा प्रवेश गर्ने क्रममा प्रहरीले सवारी नम्बर दर्ता गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

तीन पांग्रे ई–रिक्सा स्थानीय तहमा दर्ता गराउनु पर्ने र त्यहींबाट नियमन गर्नुपर्ने व्यवस्थाले भोलिका दिनमा समस्या निम्तिने बस्नेतको भनाइ थियो । ‘एक स्थानीय तहमा दर्ता भएका ई–रिक्सालाई अर्को स्थानीय तहमा सञ्चालनमा रोक्लगाउन सक्ने जस्ता समस्या आउनसक्छ,’ उनले भने, ‘इ–रिक्साको व्यवस्थापन यातायात व्यवस्था कार्यालयबाटै गर्नुपर्ने व्यवस्था विधेयकमा गर्नु आवश्यक छ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]