• भदौ २१, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को नामाकरण र राजधानीको टुंगो लगाउन दलहरुलाई सकस

alt

सरकार गठन भएको डेढ वर्ष बितिसके पनि प्रदेश १ मा प्रदेशको नामाकरण टुंगो लान सकेको छैन । सत्तारुढ सांसदहरुबीच नै चर्को मतभेद उत्पन्न हुँदा नामाकरणको विवाद लम्बिने देखिएको छ ।

स्थायी राजधानीको टुंगो लगाइसकेको प्रदेश नं १ सरकारले नामको विषय भने सत्तारुढ सांसदबीच तीव्र मतभेद देखिएपछि तत्कालका लागि थाती राखेको छ ।

नामाकरणको विषयले संसदमै पनि त्यति महत्व नपाएका कारण यो विषय टुंगिन नसकेको हो ।

संसदमा दुईतिहाइ सहितको नेकपाको बहुमत भए पनि सरकारले प्राथमिकतामा राखेर छलफल अगाडी बढाएको छैन ।

जनजाती समुदायका सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने अडान राखेका छन् भने विभिन्न जातीय संगठनहरूले पनि त्यसमा दबाब दिइरहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापा भने सरकारले महत्व नदिएर नामाकरणमा विलम्ब भएको दाबी गर्छन ।

एकातर्फ सगरमाथा वा कोशी प्रदेश नामाकरण गर्ने विषयमा छलफल जारी छ भने अर्कोतर्फ जातीय पहिचानको आधारमा भन्दै किराँत, लिम्बुवान, खम्बुवान लगायतका नाममा राखिनुपर्ने दबाब छ ।

अनेकौँ नाम आएपनि बजेट अधिवेशनबाट प्रदेशको नाम टुंग्याउन सकिने अवस्था नरहेको प्रदेश सभामुख प्रदीप कुमार भण्डारीको भनाइ छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]