• भदौ २३, २०७६
  • जुनकिरी खबर

२० सहरमा फोरजी सेवा विस्तार हुने

alt

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ । यो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए। उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ। नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन्।


फोरजी विस्तारको काममध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम करिबकरिब पूरा गरेको छ। कोर नेटवर्क भनेको टेलिकमको आफ्नै बीटीएस टावरबीच सम्पर्क स्थापित गर्ने प्रणाली हो। कोर प्रणालीको परीक्षण गर्न टेलिकमले शनिबार राति साढे ११ बजे आफ्नो सिस्टम अपग्रेड गरेको थियो। उक्त अपग्रेड सफल भएको टेलिकमले जनाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]