• भदौ २९, २०७६
  • जुनकिरी खबर

राजनीतिक नियुक्ति गरे बाहिरिने मानव अधिकार आयोगको चेतावनी

alt

राष्ट्रिय मानव अधिकार आयोगले हाल रिक्त रहेका दुई संक्रमणकालीन आयोगमा राजनीतिक नियुक्ति नगर्न दलहरूलाई आग्रह गरेको छ । सिफारिस समितिको कार्यादेश उल्लंघन भए आफू समितिबाट अलग्गिने उसको चेतावनी छ ।

मानव अधिकार आयोगका एक आयुक्त पदेन सदस्य रहने पाँच सदस्यीय सिफारिस समिति गठन भएको ५ महिना नाघिसक्दा पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् । दुवै आयोगका अध्यक्ष र सदस्यहरूमा समितिको क्षेत्राधिकार मिचेर शीर्ष नेताहरूकै सहमतिमा नियुक्ति हुने संकेत देखिएपछि आयोगले त्यसो गरिए आफूलाई सह्य नहुने चेतावनी दिएको हो ।

‘कानुनअनुसार सिफारिस समितिले योग्यतमहरूलाई विधि पुर्‍याएर पदाधिकारी गठन गर्छ भने मात्रै हामीलाई मान्य हुनेछ,’ आयोग अध्यक्ष अनुपराज शर्माले भने, ‘अन्यथा भयो र राजनीतिक मानिसहरू आयोगहरूमा ल्याइए हामी समितिको निर्णय प्रक्रियामै सहभागी हुनेछैनौं ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]