• भदौ २९, २०७६
  • जुनकिरी खबर

का‌ंग्रेसमा क्षेत्रीय संरचना गठन धमाधम

alt

कांग्रेसको निर्वाचन क्षेत्र स्तरका संरचना गठनसँगै १४ औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । शनिबारसम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन् ।

एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा क्षेत्रीय समिति नचाहिने र बाँकी ७ जिल्लामा केही दिनमै गठन भइसक्ने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए ।

राज्य पुनःसंरचनाका क्रममा दुई जिल्ला थपिनुका साथै वडा, गाउँ, नगर र निर्वाचन क्षेत्र समायोजन भएपछि कांग्रेसका तत्कालीन संरचना भत्किएका थिए । संविधान जारी भएको चार वर्ष पुग्न लाग्दा बल्ल कांग्रेसले संघीय ढाँचाअनुसार संरचना बनाउन लागेको हो ।

पुरानै संरचनालाई समायोजन गरेर अन्तरिम कार्यसमिति गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गराउन गठित निर्वाचन समितिलाई जिम्मा दिएको थियो । पार्टीका तल्ला तहका संरचना नहुँदा महाधिवेशन प्रक्रियासमेत अघि बढ्न सकेको थिएन । अहिले गठन भएका संरचना अन्तरिम अवधिका लागि हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]