तीन महिनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको हो ।
झापामा अहिले पनि ५०० भन्दाबढी डेंगु रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले डेंगु नियन्त्रणका लागि गत वर्ष कार्यक्रमहरु आएपनि यस वर्ष कुनै कार्यक्रम नआएको बताए । स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।
डेंगु कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved