• असोज २, २०७६
  • जुनकिरी खबर

धरानमा चित्रकला मेला असाेज ३ गतेदेखि

alt

धरान प्रज्ञा प्रतिष्ठानले कार्यशालासहितको चित्रकला मेला शुक्रबारदेखि आयोजना गरिने भएको छ ।

दुई दिन कार्यशाला र दुई दिन प्रदर्शनी गरी ४ दिनसम्म मेला आयोजना गरिने भएको हो । कार्यशाला धरान–८ को धरान सभागृहमा हुने गरिन लागिएको छ भने प्रदर्शनी धरान–१२ अमान बजारमा हुने कार्यक्रम संयोजक गोपाल देवानले बुधबारको पत्रकार सम्मेलनमा बताए ।

कार्यशालामा धरानका ७५ वटा संस्थागत तथा सामुदायिक विद्यालय र ४ वटा प्लस टु गरी १ सय ५८ जना विद्यार्थीहरू सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष अम्बिकाकुमार सम्बाहाम्फेले बताए । प्रत्येक स्कूल र कलेजबाट २ जनाका दरले विद्यार्थीहरूलाई सहभागी गराउने तयारीस्वरूप पत्राचार गरिएको उनले बताए ।

कार्यशालामा प्रदेश १ का अग्रज चित्रकारहरूलाई सहभागी गराएर प्रशिक्षार्थीहरूलाई वाटर कलरमा प्रशिक्षण गराइने छ । वटर कलरको सैद्धान्तिक र व्यवहारिक ज्ञान दुई दिनको अवधिमा प्रदान गर्दै उनीहरूले बनाएका आकृतिलाई दुई दिन प्रदर्शनीमा राखिने छ । जसमध्ये ५ जना उत्कृष्ट प्रशिक्षार्थीलाई ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकमले पुरस्कृत गरिने छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]