भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।
दिउँसो १२ बजेर ५३ मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६ घन्टा उडेर काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अन्नपूर्ण अनलाइनसँग जानकारी दिए।
इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved