• असोज ३, २०७६
  • जुनकिरी खबर

आठ पहाडी जिल्लामा डेंगु

alt

देशव्यापी रूपमा फैलिरहेको डेंगु संक्रमण पहाडी जिल्लामा पनि देखा परेको छ । सातायता प्रदेश १ का १४ मध्ये ८ पहाडी जिल्लामा यसका १ सय ६७ संक्रमित फेला परेका छन् ।

पहाडी र तराई क्षेत्रसमेत गरी प्रदेशभर ४ हजार २ सय ४७ जना डेंगु रोगी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । पहाड तथा भित्री मधेसका जिल्ला उदयपुरमा ७९ जना, पाँचथरमा ६०, तेह्रथुममा १३ जना रोगी फेला परेको निर्देशनालयले जनाएको छ ।

यसैगरी संखुवासभामा ५, धनकुटामा ४, भोजपुरमा ३, इलाममा २ र खोटाङमा १ व्यक्तिमा डेंगु रोग फेला परेको निर्देशनालयका निर्देशक चन्द्रदेव मेहेताले जनाए । पहाडमा पनि डेंगु संक्रमित फेला परेपछि चुनौती थपिएको उनको भनाइ छ । तर, तराईभन्दा पहाडमा अति सामान्य संख्यामा मात्र बिरामी फेला परेकाले न्यूनीकरण गर्न सहज हुने उनको तर्क छ । ‘नियन्त्रणका लागि सक्रिय छौं,’ उनले भने, ‘तर लगातारको वर्षा सबैभन्दा चुनौती छ ।’

सुरुमा सुनसरीको धरानमा देखा परेको संक्रमणले महामारीका रूप लिए पनि नियन्त्रणको प्रयास जारी राखिएको उनले दाबी गरे । कार्यालयका अनुसार सुनसरीमा हालसम्म ३ हजार ४ सय ५५ रोगी रहेका छन् । झापामा ४ सय ६०, मोरङ १ सय ५३ मा डेंगु संक्रमित छन् ।

जिल्ला अस्पताल पुगेका धनकुटा नगरपालिका ९ बेलहाराका दुई बिरामीको स्वास्थ्य परीक्षणका क्रममा डेंगुको लक्षण फेला परेको मेडिकल सुपरिटेन्डेन्ट अभिताभ ठाकुरले बताए । उनीहरूलाई प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]