• असोज ५, २०७६
  • जुनकिरी खबर

कालोसुचीको संख्या दोब्बरले बढ्यो

alt

बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीको संख्या एकवर्षमै दोब्बरले बढेको छ । ऋण लिई भाका नाघेको ९० दिन भित्र ऋण नतिर्दा २०७५/०७६ मा मात्रै अघिल्लो वर्षभन्दा १५ सय ७ जना भन्दा बढी कालो सुचिमा परेका छन् । बैंकहरुमा कालोसुचिको संख्या बढेसँगै खराब कर्जा ६८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

कर्जा सुचना केन्द्रका अनुसार पछिल्लो एकवर्षमा चेक बाउन्सको घटना ह्वातै बढेकाले कालो सुचिमा पर्ने ऋणी संख्या समेत बढेको छ । पछिल्लो समय लागु भएको क्रेडिट कार्ड लिएर ३ महिना भित्र ऋण चुत्ता नगरे कालो सुचिमा राख्ने व्यवस्थाले यस वर्ष कालो सुचिमा पर्नेको संख्या झनै बढ्ने केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आर्थिक वर्षभन्दा १५ सय ७ जना थपिएर २८ सय ४२ जना ऋणीहरु कालो सुचिमा परेका छन् ।

कालो सुचिमा पर्नेको संख्या बढेसँगै हट्नेको संख्या पनि बढ्दो छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ६ सय २८ जना कालो सुचिबाट हटेका छन् । जुन आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ४१ जना मात्रै ऋणीहरु कालो सुचिबाट बाहिर निष्कन सकेका थिए । यस सँगै, बैंकहरुले १ वर्षसम्म भाका राखी असुल गर्ने खराब कर्जा समेत राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले बाहेक अन्यले घटाउन सकेका छैनन । ऋणीहरुले ऋण नतिर्दा खराब कर्जा ६८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । समग्रमा गत वर्ष १ दशमलव ४५ प्रतिशतले खराब कर्जा बढेको छ । अन्य भन्दा कृषि विकास बैंकले गत वर्षभन्दा शुन्य दशमलव ५१ प्रतिशत खराब कर्जा असुल गरेको छ । गत वर्ष बैंकको कालो सुचिमा ५० जना ऋणीहरु परेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]