• असोज ६, २०७६
  • जुनकिरी खबर

पाँचथरमा एक हजारभन्दा बढी मतदाता थपिए

alt

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा १ हजार २३० मतदाता थपिएका छन् । गत साउन १६ गतेसम्ममा १८ वर्ष पूरा भएका व्यक्ति नयाँ मतदाताका रुपमा थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख सरोज मेहताका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिकामा ९२८ जना, फिदिम नगरपालिका वडा नम्बर १ मा १७४ जना र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा १२८ मतदाता थपिएका हुन् ।

अहिले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीको विवरण सच्याउने, दावी विरोध गर्ने कार्य भइरहेको कार्यालय प्रमुख मेहताले जानकारी दिए ।

संकलन भएको तथ्यांक अगामी असोज १० गतेसम्ममा आइपुग्ने र असोज १२ गतेसम्ममा निर्वाचन आयोगमा पठाउने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]