• असोज ७, २०७६
  • जुनकिरी खबर

संशोधित पत्रकार आचारसंहिता जारी

alt

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले सोमबार पत्रकारहरुको लागि आचारसंहिता सार्वजनिक गरेका छन् । 

काठमाडौँमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचारसंहिता सार्वजनिक गरेका हुन् । यो आचारसंहिता पत्रकार आचारसंहिता २०७३ को संसोधित स्वरूप हो । बदलिदो परिवेश र पत्रकारिताको नयाँ अभ्यास सुहाउँदो आचारसंहिता बनाइएको प्रेस काउन्सिलले जनाएको छ । सरकारले बदनियत राखेर प्रेसलाई अंकुश लगाउन अगाडि स्वनियम हुन सक्ने गरि आचारसंहिता बनाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । आचारसंहिता लागु भएपछि समाचार लेखेको आधारमा फौजदारी अभियोग लागेर जेल जानु पर्ने अवस्था नआउने विश्वाश उनले ब्यक्त गरे ।

मुख्यगरी सामाजिक संजाल र अनलाइन मिडियालाई स्वनियम हुने गरि आचारसंहिता जारि भएको छ । अनर्गल समाचार लेख्ने व्यक्तिगत मानमर्दन हुनेगरी समाचार लेख्ने संचार गृहलाई कालोसूचीमा राखेर कारबाही हुन सक्ने प्रावधान यस आचारसंहितामा राखिएको छ । यस्तै आचारसंहिताले सामाजिक संजाल प्रयोगकर्ताहरुले राखेको विवरणको आधारमा संचारमाध्यमले समाचार बनाई प्रकाशन प्रशारण गरे संचार मध्यम आफुले गरे सरह हुने भन्दै सचेत गराएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]