• असोज ७, २०७६
  • जुनकिरी खबर

३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

alt

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ। ‘एक गाउँ एक प्राविधिक’ नाराअन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो। पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ। यसका लागि मन्त्रालयले बजेट पनि छुट्टयाएको छ।

एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्टयाइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो। यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन्।
कृषि तथा पशुपन्छी मन्त्रालयले २०७६ असार ३१ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका पुराना कर्मचारीलाई सेवामा निरन्तरता दिने निर्णय गरेको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]