• असोज ७, २०७६
  • जुनकिरी खबर

उर्लाबारीका मेयरले गरे प्रशासकीय अधिकृतमाथि हातपात

alt

मोङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आफूलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बताएका छन् ।

मंगलबार करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न नमानेपछि फागोले हातपात गरेका रेग्मीले बताएका हुन् ।

रेग्मी अहिले सुरक्षा माग गर्दै विराटनगर आएका छन् । मेयरले कुटपिट गर्न मान्छे लगाएपछि आफू प्रहरी स्कर्टिङमा उर्लाबारी छाडेर आएको रेग्मीले बताए ।

उर्लाबारी नगरपालिकामा जनप्रतिनिधि आएपछि ५१ जना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ति पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दबाव दिएका थिए । तर आफूले ६ महिना भन्दा बढी म्याद थप गर्न नमिल्ने बताएपछि फागोले आफ्नै कार्यकक्षमा हातपात गरेका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।

‘मेयर फागोसँग कुराकानी सकेर आफ्नो च्याम्बरतर्फ जाने तरखरमा थिएँ’ रेग्मीले भने ‘उहाँको प्रस्ताव मैले नमान्दा जुरुक्क उठेर आक्रमणको शैलीमा आउनुभयो, मेरो हातमा लाग्यो ।’ मेयरले हातपात गरेपछि हतार हतार बाहिर निस्किएर गुहार मागेको उनले बताए ।

विवाद भएपछि पून छलफलका लागि कार्यकक्षमा प्रवेश गर्दा मेयर फागोले अपशब्द प्रयोग गरेको रेग्मीले आरोप लगाए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]