• असोज ८, २०७६
  • जुनकिरी खबर

मोरङमा १८ प्रहरी पुरस्कृत

alt

जिल्ला प्रहरी कार्यालय मोरङले उत्कृष्ट काम गरेको भन्दै भदौमा निरीक्षकसहित १८ जनालाई पुरस्कृत गरेको छ  । पुरस्कार पाउनेमा २ नायब निरीक्षक, २ सहायक निरीक्षक, ४ हवल्दार र ९ जवान छन्  ।

पदीय दायित्व विपरितका गतिविधि गर्ने १५ प्रहरीलाई कार्यालयले सजायसमेत दिएको छ । सजाय पाउनेमा एक सहायक निरीक्षक, ६ हवल्दार र ८ जवान छन् । ड्युटिमा रहेका बेला मादक पदार्थ सेवन गरेको, सेवाग्राहीसँग दुर्व्यवहार गरेको र नगद मागेको लगायतका आरोपमा उनीहरूलाई कारवाही गरिएको हो ।

उनीहरूले नसिहत, ग्रेड घटुवा एवं ड्युटीमा स्थानान्तरणलगायतका सजाय पाएको कार्यालयका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कारवाहीबाट चित्त नबुझेकाले आफू कार्यरत कार्यालय हुँदै जिप्रका प्रमुख र प्रहरी प्रधान कार्यालयमा समेत पुनरावेदन गर्न सक्छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]