• असोज ९, २०७६
  • जुनकिरी खबर

७ अधिकृतसहित ११ विरुद्ध मुद्दा

alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ अधिकृतसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत अनोजकुमार घिमिरे, कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो। यातायात व्यवस्था र सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारीहरूले भारतीय सवारी चालकको नक्कली अनुमतिपत्रलाई आधार बनाएर मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तिययारले जनाएको छ।

यस्तै भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र लेखा अधिकृत राजेश काफ्लेविरुद्ध पनि मुद्दा दायर भएको छ। झूटा कागजात, नक्कली प्याड, छापसमेत प्रयोग गरी १५ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको छानबिन पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

विद्युत् प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही सिरहाका कार्यालय प्रमुख छेदीलाल साह सोनारविरुद्ध मुद्दा दायर भएको छ। काममा लगाइदिने प्रलोभन देखाई ३ लाख ८० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मद्दा दायर गरिएको अख्तियारले जनाएको छ। करारमा जागिर खुवाउने प्रयोजनका लागि सरोजकुमार यादव र लक्ष्मीनारायण यादवले सोनारलाई घूस खुवाएको प्रमाणित भएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ।

अख्तियारले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्टसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकामा कार्यालयका अधिकृतद्वय भुवन जोशी र जयराज कारिगर छन्। सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]