• असोज ९, २०७६
  • जुनकिरी खबर

मोरङ जिल्ला प्रशासनबाट जारी नागरिकता रद्द हुने

alt

नेपाल सरकारले शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता रद्द गरेको छ । बिहीबार मन्त्रिपरिद्को निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मण्डलले मोरङ जिल्ला प्रशासनबाट जारी नागरिकता रद्द गरिएको जानकारी दिएका हुन् । उनले भने, 'मण्डललाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।'

यस्तै मन्त्रिपरिषद्को बैठकले पूर्व राष्ट्रपति रामवरण यादवको भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको खर्च व्यहोर्ने निर्णय गरेको छ। बैठकले पूर्व राष्ट्रपति यादवको उपचारमा लागेको खर्चको फर्छ्यौट बिलका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावास मार्फत् भुक्तानी गर्ने निर्णय गरेको छ।

यस्तै गत असोज ४ गते भरतपुर महानगरपालिका-१६ को वडाध्यक्ष चतुर्मान गुरुङको निधनपछि रिक्त भएको पदको निर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए। उनले भने, 'आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्नेगरी निर्वाचन आयोगलाई जानकारी दिइएको छ।'


मन्त्रिपरिषद्ले एसिड आक्रमणबाट घाइते जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापनका लागि जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]