• असोज १०, २०७६
  • जुनकिरी खबर

२१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

alt

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका, एकीकरण भएका र नाम परिवर्तन भएका दललाई दर्ता हुन भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो। जसअन्र्तगत २१ राजनीतिक दल दर्ता आयोगमा दर्ता भएका थिए।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसारचुनाव चिह्न पाउने दलमा नेकपालाई सूर्य, ग्रिन पार्टी नेपाललाई त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टी दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकलाई साँढे गोरु, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, साझा पार्टीलाई तराजु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई हलो, मुस्कान सेना नेपाललाई पुरुष, नेपाल परिवार दललाई साँचो दिइएको छ। यसअघि २०७४ को निर्वाचनमा भाग लिएका र नाम हेरफेर नभएका, एकीकरण नभएका दलहरुले भने पुरानै चिह्नमा चुनावमा भाग लिनेछन्।

त्यसैगरि आयोगले नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)लाई हँसिया, हाम्रो पार्टीलाई धारा, मंगोल नेसनल अर्गनाइजेसनलाई कुखुराको भाले, नेपालवादलाई तारापुन्ज, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीलाई नेपाल हवाइजहाज, नेपाली कांग्रेस बिपीलाई (करुवा), ऐतिहासिक प्रजातान्त्रिक पार्टी नेपाललाई ट्रयाक्टर, आमुक परिवर्तन मसिया पार्टीलाई हृदय, राष्ट्रिय नागरिक पाटीलार्ई चंगा, जनमत पार्टी (जपा) लाउडस्पिकर, नेपाल कम्युनिस्ट पार्टी माक्सवादीलाई (पुष्पलाल) हँसियामाथि धानको बाला खप्टिएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न दिइएको छ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए। आगामी मंसिर १४ गते विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४३ गरी ५२ पदको उपनिर्वाचन हुँदैछ। आयोगले उपनिर्वाचनमा भाग लिन पाउने ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार को हाराहारीमा मतदाता रहेको जनाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]