नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मतरुपमा पारित गरेको छ ।
सहमतिको दस्तावेजअनुसार कांग्रेसका सांगठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर/उपमहानगर/महानगर कार्यसमिति, भ्रातृसंघ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेस पार्टीको उपसभापति र सो पार्टीका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved