• असोज १३, २०७६
  • जुनकिरी खबर

विदेशी पर्यटक १२ दिनदेखि सम्पर्कविहीन

alt

तामाङ सम्पदा मार्ग घुम्न आएका दुई विदेशी पर्यटक १२ दिनदेखि सम्पर्कविहीन भएका छन् । दक्षिण कोरियाका ४२ वर्षीय जिसङ र नेदरल्यान्ड्सका २७ वर्षीय थोमस व्येक्स गोसाइँकुण्ड गाउँपालिका १ नाकथलीबाट असोज १ गतेदेखि सम्पर्कविहीन भएको स्याफ्रुबेंसीस्थित पर्यटक प्रहरीका सई रामप्रकाश अधिकारीले बताए ।


अधिकारीका अनुसार उनीहरूले भदौ २७ गते स्याफ्रुबेंसीमा एक साताका लागि तामाङ सम्पदा मार्ग घुम्न जाने बताएका थिए । तामाङ सम्पदा मार्ग हुँदै उनीहरू भदौ ३१ गते राति नाकथलीको एक होटलमा बसेका थिए ।
 
भोलिपल्ट बिहान थुमन हुँदै टिमुरे पुगेर काठमाडौं जाने भनेर निस्किएका उनीहरू त्यसयता सम्पर्कविहीन छन् । हराइरहेका दुई जनाको खोजी भइरहेको अधिकारीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]