• असोज १३, २०७६
  • जुनकिरी खबर

मासुको मूल्य वृद्धि

alt

पर्वमा बेला मासु व्यवसायीले खसी मासुको मूल्य आफूखुसी वृद्धि गर्दै आएका छन् । सरोकारवाला निकायले चासो नदिँदा उपभोक्ता मर्कामा परेका छन् । मासु व्यवसायीले गत फागु पूर्णिमामा खसीको मासुमा प्रतिकेजी ५० रुपैयाँ बढाएका थिए ।

त्यस लगत्तै नयाँ वर्षमा प्रतिकिलो थप ५० रुपैयाँ मूल्य वृद्धि गरे । तर सरोकारवाला निकायले केही गरेन ।

दसैको नाममा उनीहरूले आइतबारदेखि प्रति केजी डेढसय रुपैयाँ बढाउँदा पनि सरोकारवाला निकायले वास्ता गरेको छैन । शनिबार साँझसम्म प्रति किलो ८ सय ५० रुपैयाँमा मासु बिक्री गर्दै आएका उनीहरूले आइतबारदेखि प्रति किलो १ हजार बनाएका हुन् ।

‘दसैंले गर्दा जिउँदो खसी किन्दा नै महंगो पर्न थाल्यो,’ व्यवसायी मोहनले भने आफ्नै खरिदमा बढी परेपछि मासुको दाम स्वतः बढेको हो ।’ बजारको अनुगमन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य कार्यालयले र महानगरपालिकाले वेग्लाबेग्लै गर्दै आएका छन् । दुवै निकायले एकअर्कोलाई देखाउँदै जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

महानगरकाको अनुगमन टोलीका नन्दी भण्डारीका अनुसार प्रजिअको निर्देशनमा वाणिज्य कार्यालयले बजार अनुगमन गरिरहेको छ । अगाडि–अगाडि वाणिज्य कार्यालयको अनुगमन टोली र पछिपछि महानगरको टोली पुग्दा व्यवसायीलाई हैरानी हुने स्थिति आएकाले वाणिज्य कार्यालयको अनुगमनलाई महानगरले सपोर्ट गर्दै आएको बताए । उनका अनुसार वाणिज्य कार्यालयको टोली बजार ननिस्कँदा महानगरको टोली अनुगमनमा निस्कने गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]