• असोज १४, २०७६
  • जुनकिरी खबर

बर्जर पेन्ट्समा घातक रसायन

alt

नेपालीको चाडपर्व सुरु भएको छ। चाडपर्वसँगै घर रङरोगन गर्ने होडबाजी चल्छ। यसका लागि विभिन्न किसिमका रङको प्रयोग गरिन्छ। तर, सचेत रहनुहोस्– यस्ता रङ पनि छन्, जुन मानव स्वास्थ्यका लागि घातक छन्। बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा मानिसलाई नपुंसक बनाउनेसम्मका घातक रसायनको प्रयोग भइरहेको अध्ययनले देखाएको छ।

रङलाई आकर्षक र चम्किने बनाउने नाममा लिड, मर्करी, कपर, जिंक जस्ता ह्याभी मेटल (गह्रौं धातु) प्रयोग गर्ने गरिएको छ। नेपालमा लिडको मापदण्ड त छ, बाँकी रसायनको छैन। लिडका हकमा पनि मापदण्ड पालना भएको छैन।

२०७१ पुस ७ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरी रङमा लिडसम्बन्धी बाध्यकारी मापदण्ड बनाएको थियो। त्यसका तीन मापदण्ड छन्– १. लिडको मात्रा ९० पीपीएमभन्दा कम हुनुपर्ने, २. हरेक बट्टामा लिडको मात्रा स्पष्ट खुलाएर लेख्नुपर्ने र ३. व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश बट्टामा उल्लेख गर्नुपर्ने। यो मापदण्ड सूचना प्रकाशन भएको मितिले १८१औं दिन अर्थात् २०७२ असार ५ देखि पूर्ण कार्यान्वयनमा आएको छ।

बर्जरले भने यी ३ वटै मापदण्ड पालना नगरेको पाइएको छ। भारतको विज्ञान तथा वातावरण केन्द्रले गरेको अध्ययनमा बर्जर पेन्ट्समा १ लाख ६२ हजार ५ सय ५९ पीपीएम लिडको मात्रा पाइएको थियो। नेपालमा जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्रले पनि यससम्बन्धी अध्ययन गरेको थियो। त्यसमा बर्जरको नमुनामा ९९ गुणा बढी अर्थात् ८ हजार ९ सय १९ पीपीएम लिडको मात्रा पाइएको थियो।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]