दमक — स्थानीय उपभोक्ता समितिका अध्यक्ष धनबीर राजवंशीको मृत्यु भएको विषयलाई लिएर आज मंगलबार झापाको गौरादह नगरपालिकाको कार्यालय भवनमा ढुंगामुढा भएको छ ।
गौरादह-८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजवंशीको सोमबार बिहान मृत्यु भएको थियो । आईतबार टहरा निर्माणको भुक्तानी लिन आएका राजवंशी भुक्तानी नपाएपछि नगरपालिकाको कार्यालयमै बेहोस भएर ढलेका थिए । नगरपालिकाका इन्जिनियर सचिनकुमार क्षेत्रीका कारण राजवंशीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीय सोमबारदेखि विरोधमा उत्रिएका छन् ।