• असोज १४, २०७६
  • जुनकिरी खबर

प्रदेश नं. १ सरकारले प्रथम आवधिक योजना सार्वजनिक

alt

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित प्रदेश नं. १ सरकारले प्रथम आवधिक योजना सार्वजनिक गरेको छ । मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले प्रथम आवधिक योजना सार्वजनिक गर्दै विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न आवधिक योजनाले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो ।

उहाँले योजना आयोगले तयार गरेको आवधिक योजनाबाट चुनौती र अवसरलाई पहिचान गर्न सजिलो हुने र तत्कालीन तथा दीर्घकालीन योजना लागू गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनामा योजना अवधिमा लगानीका लागि चाहिने १४ खर्ब, ४२ अर्ब, ८ करोडमध्ये प्रदेश सरकारले ५ खर्ब, ५७ अर्ब, निजी क्षेत्रले ७ खर्ब, ७६ अर्ब र सहकारी क्षेत्रले ७९ अर्ब, ३० करोड लगानी गर्ने प्रक्षेपण गरिएको छ ।

कार्यक्रममा प्रदेश सांसदहरु, पालिकाका प्रमुखहरु, अर्थविद् तथा उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]