• असोज १६, २०७६
  • जुनकिरी खबर

सेप्टिक ट्यांकीभित्र एकै परिवारका ५ जनाकाे शव भेटियाे, घटना रहस्यमय

alt

एकै घरका ५ जनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो साे ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।

जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेकाे खुलेकाे छ ।

यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएकाे छ ।

बुधबार राति ८ बजेतिर प्रहरीले साे घटनासम्बन्धी जानकारी पाएकाे थियाे । त्यसलगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएकाे छ ।

निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा ती शवहरू भेटिए पनि घटना रहस्यमय रहेकाे छ । उनीहरूकाे मृत्युकाे कारण थाहा हुन सकेकाे छैन । सेप्टिक ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]