• असार ४, २०७६
  • जुनकिरी खबर

विराटनगर उच्च अदालतका तीन न्यायाधीशसँग स्पष्टिकरण माग

alt

न्याय परिषद्ले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, सारंगा सुवेदी र जनक पाण्डेलाई ध्यानाकर्षण गराएको छ । परिषद्ले उनीहरुले न्यायपालिकाको गरिमालाई उचो राख्न नसकेको भन्दै सचेत गराएको हो । 

त्यस्तै परिषद्ले सोही अदालतका तीन न्यायाधीशसँग भने सफाइको लागि लिखित स्पष्टिकरण माग गरेको छ । परिषद् बैठकले न्यायाधीशत्रय थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटालाई सात दिन भित्र ‘के कति कारणले कारबाही नगर्नुपर्ने हो ?’ सो बारे स्पष्टीकरण दिन भनेको छ । बिहीबार÷शुक्रबार उनीहरुलाई परिषद्ले सफाइको पत्र दिने र पत्र पाएको सात दिनभित्रमा स्पष्टीकरण पेस गर्नुपर्ने परिषद्का सुचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए । उनका अनुसार परिषद्ले न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण र उमेशकुमार पौड्यालको उजुरी भने तामेलीमा राख्ने निर्णय गरेको छ । उजुरी तामेलीमा रहेका न्यायाधीशद्वय पौडेल र कर्णले अनुसन्धानका क्रममा उमेरहदका कारण अवकास साइसकेका छन् । पौडेलले ३ वैशाख र कर्णले २१ वैशाखमा अवकाश पाएको गौतमले जानकारी दिए । सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा आदेशका क्रममा कैफियत देखिएको भन्दै  परिषद्ले न्यायिक जिम्मेवारीबाट अलग गरेको थियो । उनीहरुले परिषद्मा हाजिर गर्दै आएका थिए ।  

उच्च अदालतका विराटनगरका आठै जना न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गत ७ माघमा समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]