• असोज २२, २०७६
  • जुनकिरी खबर

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

alt

दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्। 

खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै शव खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृतकको शव खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृतक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर मृत्यु भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। शव डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]