• असोज २२, २०७६
  • जुनकिरी खबर

दशैँ टीकाकाे दाेस्राे दिन : बडादसैंको टीका लगाउनेक्रम जारी

alt

बडादसैं टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिइन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिकाे विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।

दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]