• असोज २४, २०७६
  • जुनकिरी खबर

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु भएको पुष्टी

alt

इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ६ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रहरीका अनुसार बस भित्र र छतमा पनि यात्रुहरु खचाखच थिए। दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ।


धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ। धुलिखेल अस्पतालका चिकित्सक दीपक श्रेष्ठका अनुसार ६ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जनाको शल्याकृया जारी छ। यस्तैबनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]