नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरे पनि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग चिनियाँ राष्ट्रपतिको भेट विमानस्थलमै हुनेछ ।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछिन् । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved