• असार ४, २०७६
  • जुनकिरी खबर

दुई विद्यार्थी सुनकोसीमा वेपत्ता

alt

उदयपुर : लिम्चुबुङ गाउँपालिकामा सुनकोसी नदीले बगाएर बुधबार दुई विद्यार्थी वेपत्ता भएका छन्। सुनकोसीमा माछा मार्नेक्रममा ज्यामिरे पुगेका सोही गाउँपालिका १ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपता भएका हुन्। 

देवकुमार माध्यमिक विद्यालय बुतकुबाट यसै वर्ष एसईई परीक्षा दिएका हुन् भने प्रविण सोही विद्यालयमा कक्षा ९ का विद्यार्थी हुन्। वेपत्ता भएकाको खोजी जारी राखिएको स्थानीय तथा गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिइन् । 

प्रहरीले भने घटनाबारे कुनै जानकारी नआएको बताएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आफूले पनि हल्ला मात्रै सुनेको र घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लिम्चुङ्गबुङ्गलाई आदेश दिएको बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]