• असोज २६, २०७६
  • जुनकिरी खबर

बेलडाँगी शिविरमा आगलागी ९ घर जले

alt

भुटानी शरणार्थी शिविरमा आगलागी हुदाँ ९ घर जलेर नष्ट भएका छन् भने अन्दाजी २९ लाख रुपैया बराबरको क्षति भएको छ । झापाको दमक ३ स्थित वेलडाँगी शिविरमा आइतबार बिहान १० बजे लागेको आगलागीका कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सेक्टर नम्बर डि १ का भिमबहादुर राइको टिनको छानो र वाँसको टाटीबेरा गरिएको घरबाट फैलिएको आगो  दमक,गौरादह, स्थानीयबासी,प्रहरी ,प्रशासनको सहयोगमा सवाँघण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

सामान झिक्नेक्रममा आगलागीमा परी राइकी आमा ५५ वर्षिया फुलमाया घाइते भइ स्थानीय मेडिकलमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । आगलागीका कारण राइको घरमा रहेको भारतीय नगद ९० हजार ,नेपाली ४० हजार र अन्य सामान गरी ६ लाख, नरबीर राइको अढाइ लाख,सरिता तामाङ्को ३ लाख,गणेशबहादुर कार्कीको तीनलाख,अम्बीकामाया कार्कीको ४ लाख,नरबहादुर तामाङको २ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]