• असोज २७, २०७६
  • जुनकिरी खबर

धरानमा हतियारसहित पक्राउ परेका लागुऔषध कारोवारी सार्वजानिक

alt

ठूलो मात्रामा लागु औषध र हतियारसहित धरानबाट पक्राउ परेका एक युवालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पूर्वको बजारमा लाग् औषध विक्रि गदैं आएका निरजकुमार राउतलाई विशेष सुराकीको आधारमा आइतबार साँझ धरान– १० स्थित विशाल पथबाट उनलाई हतियार र ठूलो मात्रामा लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।

स्थानीय बलबहादुर तामाङको घरको कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा निजको बारेमा एक साता पछि हिजो पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

कोठामा रहेको बक्स पलंगको भित्र पट्टी रहेको बक्स कोठाहरुमा कालो प्लाष्टिक ९पोलिथिन० झोलामा बेरी लुकाई राखेको म्याग्जिन लाग्ने पेस्तोल, म्याग्जिन १ थान, सोही पेस्तालमा लाग्ने १३ थान गोली प्रहरीले बरामद गरेको छ । कोठाबाट लागु औषध डाइलेक्स डिसी २२५ बोतल, नाइट्रोसन ६ सय ४० ट्यावलेट, सात ग्राम खैरो हिरोइन, स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

उनको साथबाट विआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नं. प्लेट, ११ हजार ३३० नगदसमेत बरामद गरिएको छ ।

उनलाई आजै म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीसँग कारोवार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राउत यस अघि दुई पटक लाग औषध मुद्वामा पक्राउ परेका थिए । २०७२ माघ २२ गते लागु औषधसहित पक्राउ परि जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका थिए । यस्तै २०७४ असोज ७ गते लागु औषधसहित पक्राउ परि १८ महिना कैद सजाय भोगी छुटेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]