• असोज २७, २०७६
  • जुनकिरी खबर

सभामुखको निर्वाचन कहिले ?

alt

संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि अहिले सभामुख पद रिक्त छ ।

रिक्त पदपूर्तिका लागि निर्वाचन प्रक्रियाबारे सरकार र दलहरुबीच छलफल हुन सकेको छैन ।

संवैधानिक जटिलता, दलहरुबीचको खिचातानी र स्वयं सत्तारुढ दलभित्रको खिचातानीका कारण सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुन ढिलाइ हुने देखिएको छ ।

संसद अधिवेशन चालु नरहेको अवस्थामा अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउने भन्ने विषयमा अन्योल देखिएको छ । यी दुई प्रक्रियाका विषयमा राजनीतिक दल र सरकारबीच छलफल हुन सकेको छैन ।

हुन त संसद अधिवेशन चालु नरहेको वा स्थगित भएको अवस्थामा ‘अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ’ भनी प्रतिनिधिसभाका एकचौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नसक्ने संवैधानिक व्यवस्था छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सभामुखको निर्वाचनका लागि विशेष अधिवेशन बोलाउनेबारे सचिवालयलाई कुनै सूचना नआएको बताए ।

दलहरुबीच विशेष अधिवेशनबारे छलफलसमेत नभएकाले आगामी हिउँदे अधिवेशनले नै सभामुख चयन गर्ने सम्भावना बढेको छ ।

राजीनामा दिएको अवस्थामा नयाँ सभामुखका लागि पुनःनिर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्नेबारे संविधान र प्रतिनिधिसभाको नियमावलीमा उल्लेख छैन ।

तर, नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]