• असोज २८, २०७६
  • जुनकिरी खबर

दुई महिनामा दुई खर्ब व्यापार घाटा

alt

सरकारले स्वदेशी उत्पादन बढाएर व्यापार घाटा कम गर्ने बताउँदै आइरहेका बेला मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ। दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक कच्चा पदार्थसम्म विदेशबाट आयात गर्दै आइरहेको बेला आयात थोरै घटेको छ भने निर्यातमा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा आयात १.२२ प्रतिशतले घटेको र निर्यात २५.८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। मुलुकको व्यापार घाटा ३.०५ प्रतिशतले घटेको छ। यो अर्थतन्त्रका लागि सकरात्मक संकेत हो। दुई महिनाको तथ्यांकले वर्षभरको तुलना गर्न भने सकिँदैन। अझै मासिक एक खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको छ। विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिमा दुई खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]