• कार्तिक ६, २०७६
  • जुनकिरी खबर

सर्बोच्चमा पुग्यो उर्लाबारीको विवाद

alt

अढाई महिना अघि उच्च अदालत विराटनगरमा उप–प्रमुख लक्ष्मीदेवी भण्डारीसहितले गरेको रिट निवेदनको फैसला हुन बाँकी रहेको अवस्थामा पुन: सर्वोच्च अदालत काठमाडौंमा उर्लाबारी नगरपालिका, नगर सभा र नगर प्रमुख खड्ग फागो विरुद्ध अर्को रिट दायर भएको छ ।

नगर कार्यपालिकाका सदस्य समेत रहेका वडाध्यक्षहरू मचिन्द्र कार्की र लक्ष्मीनारायण धिमालले नगरपालिकाले बनाएको कार्यसम्पादन (नियमावली) संविधानसँग बाझिएको कानून बदरको मागसहित २०७६ साल असोज ६ गते नगरपालिका नगर सभा र नगर प्रमुख फागोलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरीएको नगरपालिका स्रोतले जनाएको छ ।

उक्त रिट निवदेनका विषयमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले २०७६ साल असोज २९ गते आदेश गर्दै उर्लाबारी नगरपालिकामा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानून बमोजिम आधार र कारण भए सो समेत राखी विपक्षीलाई छलफलको लागि कात्र्तिक ६ गते सर्वोच्च अदालतले बोलाएको छ । विपक्षीको तर्फबाट छलफलमा को सहभागी हुने निर्णय भने भई नसकेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]